दार्चुला जीप दुर्घटना : घाइतेहरुको गोकुलेश्वरमा उपचार हुँदै, मृतकको सनाखत हुन सकेन

File Photo

दार्चुला – दार्चुलामा जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गोकुलेश्वर देखि जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित नौँ जना घाइते भएका छन् । घाइते ३ जनाको अवस्था गम्भिर रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गोकुलेश्वरबाट खलंगाका लागी छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतकका शवहरु क्षतविक्षत अवस्थामा रहेकोले चिन्ने गाह्रो भइरहेकोले मृतकहरुको सनाखत हुन सकेको छैन । जीप सडकबाट करिब ३०० मिटर तल खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको छ, दुर्घटनाको कारण खुल्न बाँकी छ । पाँच जनाको पास सिट क्षमता रहेको जीपमा १४ जना बोकेको पाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अुनसन्धान गरिहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्