दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, थप विवरण आउन बाँकी

काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय पत्रकार गणेशसिंह धामीले जानकारी दिए । जीप गोकुलेश्वरबाट दार्चुला तर्फ गइरहेको थियो ।  जीपमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले समेत पुष्टि गरेको छ । प्रहरीका अनुसार थप विवरण आउन बाँकी छ ।

दार्चुलाको उल्लानीमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्