भदौ महिना लागेसँगै सुनकाे मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – भदौ महिनाको पहिलो कारोबार दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। मंगलबार सुन प्रतितोला सात सय रुपैयाँले घटेको थियो।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला दश रुपैयाँ घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्