बिद्यालयमा मास्क बैंक स्थापनाका लागि स्काउटको आयोजनामा मास्क हस्तान्तरण तथा जनचेतना

कैलाली  –  गौरिग‌ंगा नगर स्काउटको आयोजनामा सोमबार ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा मास्क हस्तान्तरण कार्यक्रम सम्पन भएको छ ।

श्री शिवालिक आधारभूत बिधालय गौरिगंगा नगरपालिका- ९ मा बिधालयमा ट्राफिक नियम, बाटो काटदा जहिलेपनि जेब्रा क्रसीङि बाट मात्र बाटो काटने, जेब्रा क्रसिङि नभएको ठाउँमा साना भाइबहिनीहरुले अभिभावक सङ बाटो काटने ठुला भाइबहिनीहरुले दायाँ बायाँ हेरेर गाडी नआएको सुनिस्चितता भएपछि मात्र बाटो काटने, ट्राफिक बत्ती भएको ठाउँमा हरियो बत्ति बलेको बेला मात्र बाटो काट्ने, जहिले पनि बाटोको दायाँ बायाँमा हिन्दा किनारामा मात्र हिड्ने , बाटोमा नखेल्ने अहिले बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण कसरी गर्ने भन्ने सम्बन्धि जनचेतना मुलक कार्यक्रम यश अस्थाई ट्राफिक पोस्ट मसुरियाका प्रहरी सहायक निरीक्षक श्री वीर बहादुर बिष्टले जानकारी दिए ।

मास्क हस्तान्तरण गौरिगंगा नगर स्काउटका संयोजक लक्ष्मण ओझाले बिद्यालयलाइ हस्तान्तरण गरेका थिए भने स्काउट मास्टर पुष्कर अवस्थी र बिनोद बहादुर बोहराले स्काउट भनेको के हो, यस्का उद्देश्य सम्बन्धि बिद्यार्थी लाई बुझाएका थिए । उनीहरुलाई कक्षा सहजीकरणमा स्काउट मास्टर बसन्ती साउद र आरती बमले सहयोग गर्नु भएको थियो भने कोभिड-१९ को नया भेरियन्ट सक्रिय रुपमा फैलिरहेको हुदा बिद्यालयको पठनपाठन कार्यलाई निरन्तरता दिन बिद्यालयमा मास्क बैंक स्थापनको लागि सहयोग गर्नु भएकोमा गौरिगंगा नगर स्काउट तथा ट्राफिक प्रहरि सँग समन्वय गरेर जनचेतनामुलक कार्यक्रम गरेकोमा अस्थायी ट्राफिक पोस्ट लाई बिद्यालयको तर्फबाट प्रधानाध्यापक खगेन्द्र कुमार खातीले धन्यवाद दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्