क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छ: राष्ट्र बैंक

काठमाडौँ  – नेपाल राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही गरिने बताएको छ।

बैंकले सोमबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको कारोबार गर्ने, सदस्यता लिने, लगानी गर्ने, स्थानान्तरण गर्ने, बिप्रेषण र विनिमयसम्बन्धी कार्य गर्ने गरेको पाइएमा कानूनअनुसार काबारही हुने उल्लेख गरेको छ।

राष्ट्र बैंकले यसअघि २०७४ साउन १९, २०७८ भदौ २४ र २०७८ माघ ९ मा पनि सार्वजनिक सूचना निकालेर नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न नपाइने बताएको थियो। राष्ट्र बैंकका अनुसार नेपालमा क्रिप्टोकरेन्सी कारोबार/व्यवसाय गैरकानूनी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्