समाजवादी प्रेस संगठन दार्चुलाका अध्यक्ष कार्कीले दिए पदबाट राजीनामा

काठमाडौँ – समाजवादी प्रेस संगठन दार्चुलाका अध्यक्ष लोकेन्द्र सिंह कार्कीले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार उपहारखबरलाई जानकारी दिदै कार्कीले समाजवादी प्रेस संगठनको अध्यबाट राजीनामा दिएको बताए । ‘समाजवादी प्रेस संगठनमा आवद्ध भई दार्चुला जिल्ला अध्यक्षको जिम्मेवारी समेत वहन गर्दै आएकोमा राजीनामा दिएको छु’ उनले भने, ‘यो संगठन पत्रकार र पत्रकारिता क्षेत्रको हक, हित र संरक्षणको लागि भन्दा निहित व्यक्ति हरुको स्वार्थमा चुर्लुम्मै डुवेको अभास भएको छ ।’ अध्यक्ष कार्कीले संगठनको साधारण सदस्य समेत नरहने जानकारी दिएका छन् ।

संगठनमा आवद्ध अधिकांश एवम् वहुसंख्यक पत्रकारहरुमा व्यक्तिगत स्वार्थ, अनुशासनहिनता बढेको उनको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्