तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र तादी गाउँपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडाैं – तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र तादी गाउँपालिकाबीच एमओयूमा हस्ताक्षर भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र तादी गाउँपालिकाको संयोजकत्वमा त्यस क्षेत्र लगायत छिमेकी स्थानीय तहहरुलाई समेत समेट्ने गरि आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ग्रामिण आँखा केन्द्र सञ्चालन गर्न सोमबार सम्झौता पत्र एमओयू मा हस्ताक्षर गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका इन्चार्ज तारा बहादुर वाईबाले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवामा सहज पहुँच दिनका लागि र आँखा जस्तौ संवेदनशील अंगमा कुनै समस्या आउन नदिन र समस्या देखा परे तुरुन्तै उपचारको प्रक्रिया अघि बढाउने उद्देश्यले उक्त कार्यको थालनी गरिएको हो ।

अब यस क्षेत्रका जनतालाई आँखा स्वास्थ्य सम्बन्धि सेवा लिन सहज हुने भएको छ । तादीमा सेवा सञ्चालन भएपछि आसपासका स्थानीय तहका जनताहरु समेत सेवा लिन सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्