मदन पुरस्कारका लागि डा. पुडासैनीको ग्रीष्मको नीलो बतास सहितका आठ पुस्तक सार्वजनिक

काठमाडाैं- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो । छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई २०७८ सालको मदन पुरस्कार दिइनेछ । पुरस्कारको राशी चार लाख रूपैयाँ रहेको छ ।

जसमा बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोरको ग्रीष्मको नीला बतास समेत छनोट भएको छ । यसैगरी डा. नवराज लम्सालको अग्नि, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश, सुजित मैनालीको सती ः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली पुस्तकहरु सार्वजनिक गरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्