एकै दिन ९३४ जनामा कोभिड १९ संक्रमण पुष्टि, एकको मृत्यु, सक्रिय संक्रमित कति ?

काठमाडौँ – गत २४ घण्टामा ९३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । नेपालमा भएको पाँच हजार ३५१ नमुना परीक्षणमा एकैदिन सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ८६२ पीसीआर परीक्षणमध्ये ४९८ जनामा र २ हजार ४८९ एन्टिजेन परीक्षणमध्ये ४३६ जनामा कोरोना देखिएको हो । सोमबार एक जना कोरोना संक्रमितको निधन भएको छ । यसैगरी,संक्रमण मुक्त हुनेको संख्या ४७० रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २३६ जना, ललितपुरका ४८ जना र भक्तपुरका १७ जना रहेका छन् । हाल नेपालमा पाँच हजार ६८६ जना सक्रिय संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्