आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने पाँच दलीय गठबन्धनको निर्णय

File Photo

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका पाँच दलले शुक्रबार आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

यो निर्णय गर्दा जसपा छाडेर नेपाल समाजवादी पार्टी गठन गर्न जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने छुटेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पहिलो पटक विघटन गरेदेखि नै भट्टराई पाँच दलीय अहिलेको गठबन्धनसँग नजिक छन् ।

जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषदबाट हटाएसँगै भट्टराई सत्ता गठबन्धनका बैठकमा देखिएका छैनन्। पाँच दलले अबको चुनावमा सँगै जाने निर्णय गरे पनि यो मोर्चामा अरू दललाई थप गर्ने वा नगर्नेबारे अहिले बताइसकेका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्