पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख झामाथि भएको आक्रमण ‘निन्दनीय’– एन प्याब्सन

काठमाडौँ – पब्लिक युथ क्याम्पस धनुषाका सहायक क्याम्पस प्रमुख भूप नारायण झा माथि भएको सांघातिक आक्रमणमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)ले आपत्ति जनाएको छ ।
शुक्रबार एन प्याब्सनका अध्यक्ष पाण्डव हमालले एक विज्ञप्ति जारी गर्दै शान्ति क्षेत्र घोषित स्थानमा दिनदहाडै क्याम्पस प्रमुखमाथि गरिएको सांघातिक हमलाले नेशनल प्याब्सन लगायत मुलुकको शिक्षा क्षेत्र नै स्तब्ध भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको सांघातिक आक्रमणले क्याम्पसमा परीक्षा दिइरहको विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अन्य सम्बद्ध पक्ष आतंकित बनेको छ । विद्यालय जस्तो संवेदनशील तथा शान्ति क्षेत्र घोषित स्थानमा दिनदहाडै कार्यकक्षमा कार्यरत जिम्मेवार पदाधिकारीमाथि गरिएको सांघातिक हमलाले नेशनल प्याब्सन केन्द्रीय समिति तथा सम्पूर्ण नेशनल प्याब्सन सदस्य लगायत मुलुकको शिक्षा क्षेत्र स्तबन्ध भएको छ ।’

अध्यक्ष हमालले घटनाको यथासिघ्र छानविन गरि सत्यतथ्य पत्ता लगाई दोषी उपर कडा कारवाहिका लागि माग गरेका छन् । शिक्षा क्षेत्रका सिपाहीप्रतिको अप्रत्याशित र अकल्पनिय आक्रमणले नेशनल प्याब्सन मर्माहत भएको समेत हमालको भनाई छ ।

झा माथि आफ्नै कार्यकक्षमा कार्यरत रहेको अवस्थामा १७ गते दिनको करिब १० बजे क्याम्पसमा त्रि.वि. अन्तर्गत रहेको तीन बर्षे बि.ए. दोश्रो वर्षको परीक्षा सञ्चालन भईरहेको अवस्थामा आपराधिक समुहले सांघातिक आक्रमण गरेको थियो ।

 

 

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्