कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

म १ प ९५८५ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–२, भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले दुर्घटनाको पुष्टि गर्दै भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको ज्यान गएको जानकारी दिए ।

“दुर्घटनामा घाइते सुरजलाई महाकाली अस्पताल र दिनेशलाई धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो, तर अस्पतालले दुवैलाई बचाउन सकेन ।” प्रहरी नायब उपरीक्षक पौडेलले भने ।

दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्