राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीले दिए भारतीय राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतिको ट्वीटरमा भनिएको छ, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु ।’,

यस्तै प्रधानमन्त्री देउवाले पनि मूर्मको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । मुर्मू बिहीबार भारतीय राष्ट्रपतिमा भारी मतका साथ विजयी भएकी हुन् । उनको शपथ २५ जुलाईमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्