भारतमा एकै दिन १७ हजार भन्दा बढीमा कोरोना संक्रमण, हालसम्म ५ लाख भन्दा धेरैको मृत्यु

काठमाडौँ – छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्