भारतीय गाडीको ठक्करबाट २ जनाको मृत्यु

मोरङ – मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचाेकमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको टेलर​को ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार कार्कीले जानकारी दिए ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको टेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक परियार र सवार राई घाइते भई उपचारको क्रममा विराट मेडिकल कलेजमा दुवै जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवै जानलाई नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्