रामेछाप बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो

FILE PHOTO

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो । गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको र बाँकिको उपचार भइरहेको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला छन् ।

मृत्यु हुनेमा सुनापति गाउँपालिकाका समरिता तामाङ, ठूला तमाङ, खडक विक, कमला तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सन्जु आलेमगर तथा काभ्रेको रोशी गाउँपालिकाका सुदीप गजमेर रहेका छन् । अरु २ जनाको सनाखत हुन बाँकी छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्