सुकुटे घुम्न गएकी एक युवती रिसोर्टमा सुतिरहेको बेला बलात्कृत, काठमाडौँबाट ३ जना पक्राउ

सांकेतिक तस्विर

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ ।

बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । न्धुपाल्चोक जिल्ला अदालतबाट असार २० गते ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्