सोवर रिह्याव सेन्टरले पायो भारतीय दुतावासले वितरण गरेको एम्बुलेन्स

काठमाडौँ – भारत सरकारले अनुदान सहायता स्वरुप दिएको एम्बुलेन्स सोवर रिह्याव सेन्टरले पाएको छ । भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा भारत सरकारले उपहार स्वरुप दिएको एम्बुलेन्स रिह्याव सेन्टरले पनि पाएको हो ।

नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुलाई एम्बुलेन्स र विद्यालय बस उपहार वितरण गर्दा सोवर रिह्याव सेन्टरले पनि एम्बुलेन्स प्राप्त गरेको हो ।

राजदूतावासले ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस विभिन्न संघसंस्थाहरुलाई उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्