मौद्रिक नीतिको तयारी गरिरहँदा सेयर बजारमा निरन्तर हरियाली

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा सेयर बजारमा भने निरन्तर उछाल देखिएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।

बिहीबार सेयर बजार ७४.९३ अंकले बढेर २ हजार भन्दा माथिको बिन्दुमा उक्लिएको छ । सुरुवाती समयबाटै उकालो लागेको बजार २०३७.६४ बिन्दुमा पुगेर रोकियो ।

बुधबार सेयर बजार ४१ अंकले बढेको थियो । कारोबार रकम समेत बुधबारको तुलनामा बिहीबार बढेको छ । यसले बजार घटेर निकै तल आएको मौकामा लगानीकर्ताले सेयर उठाइरहेको संकेत भने गर्छ ।

बिहीबार कुल २२७ कम्पनीको ४७ हजार ३९२ वटा कारोबारबाट ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच भएको छ । यस दिन २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूहमा हरियाली देखियो । बिहीबार लगानीकर्ताको आकर्षण व्यापार र वित्त उपसमूहमा बढी देखिएको छ ।

बिहीबार नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत् आयोजना, ङ्यादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । एक दर्जन कम्पनीको सर्किट लेवलमा कारोबार भयो । यस दिन ग्लोबल आईएमई डिभेन्चर, बरुण हाइड्रो, गुराँस लघुवित्तसहितका कम्पनीको मूल्य भने ओरोलो लाग्यो । यस दिन शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, एसियन लाइफ इन्स्योरेन्ससहितका कम्पनीको सेयर धेरै किनबेच भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्