ओली भेटे लगत्तै प्रचण्डलाई भेट्न खुमलटारमा बामदेव

काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए ।

बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्