प्रधानमन्त्री देउवा पत्नी आरजुलाई कोभिड संक्रमण

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोभिड १९ संक्रमण भएको छ । कोभिड संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेन्टाइनमा बसेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्