‘अनेरास्ववियुको पदीय जिम्मेवारीबाट अलग भएको छु, तर टाढा हुने छैन’ : उपाध्यक्ष थापा

काठडमौँ – ओखलढुंगाको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले अखिलको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन् ।

मंगलबार उपाध्यक्ष थापाले समाजिक संजाल फेसबुक मार्फत सो जानकारी गराएकी हुन् । ‘अनेरास्ववियु मेरो राजनीतिको पहिलो पाठशाला हो,आज म जे छु अखिलको देन हो । अखिलमा काम गर्दागर्दै मैले जनतासँग जोडिन चाहेँ । प्रचण्ड माधव समूह पार्टी छाडेर हिँडेपछिको कठिन मोडमा म गाउँ फर्किएँ ।’ उनले भनिन् ‘पार्टीले जनतामा जाऊ भन्यो,जनताले अनुमोदन गर्नुभयो । अब मेरो कार्यक्षेत्र,जिम्मेवारी र भूमिका फेरिएको छ । शहरबाट गाउँ फर्किएकी छु । विद्यार्थीसँगमात्र थिएँ अब सबै उमेरका जनतासँग छु । अखिलमा नेतृत्व जाम हुन दिनु हुँदैन । म पद ओगटेर बस्ने मान्यतामा कहिल्ये छैन । पार्टीको कार्यकारी कमिटी वा जनप्रतिनिधिको भूमिकामा पुगेपछि अखिलमा पद ओगट्नु हुन्न । त्यसैले पदीय जिम्मेवारीबाट अलग भएको यहि घोषणा गर्छु ।’

उपाध्यक्ष थापाले पदयी जिम्मेवारीबाट अलग भएपनि अखिलबाट टाढा नहुने बताएकी छिन् । उनले भनिन् ‘पदीय जिम्मेवारीमा नरहे पनि अखिलबाट टाढा हुने छैन ।’

उनले विद्यार्थी संगठन आन्दोलनकारी शक्ति नभएर समाज रुपान्तरणको बाहक बन्नुपर्ने तर्क समेत गरेकी छिन् । उपाध्यक्ष थापाले विद्यार्थी आन्दोलनको स्वरुपमात्र होइन एजेण्डा पनि फेरिएको दाबी गरेकी छिन् । उपाध्यक्ष थापा प्रदेश नं. १ कै कान्छी उपाध्यक्ष समेत भएको आकलन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्