उद्योग मन्त्री बडूले गरे राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन, आविष्कार केन्द्र पुग्नेमा बडू पहिलो मन्त्री

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेका छन् ।

मंगलबार मन्त्री बडू मन्त्रालयका सचिव सहित आफ्नो टिम लिएर राष्ट्रिय आविष्कार केन्द्र पुगेको महाविर पुनले जानकारी दिए । उनले भने, ‘आज माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूज्यू चोभारको सुक्खा बन्दरगाह हेरेर फर्कंदा सचिब गणेश प्रसाद पाण्डे ज्यू सहित आफ्नो टीम लिएर अचानक आविष्कार केन्द्रमा आउनु भयो र एक घण्टा सम्म यहाँ भै रहेका कामहरु हेर्नु भयो ।’
आविष्कार केन्द्रमा मन्त्री बडूले झण्डै १ घण्टा समय विताएका थिए । मन्त्री बडूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयले आविष्कार केन्द्रसँग के के कुरामा सहयोग गर्नसक्छ त्यसको लागि आफु तयार रहेको बताएका थिए । आविष्कार केन्द्र र मन्त्रालयबीच थप छलफल गर्न पुनलाई मन्त्रालयमा आउन समेत मन्त्री बडूले आग्रह गरे । राष्ट्रिय आविष्कार केन्द्रमा पाइला टेक्ने बडू नै संघीय मन्त्रालयको पहिलो मन्त्री भएको समेत पुनले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्