‘रक्तदान जीवनदान’ : भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ – ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार नेपाल विद्यार्थी संघले क्याम्पसमा रक्तदानको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा विद्यार्थी नेता सजग पोखरेल, सुदीप ढुंगाना, निमेष नायावा लगायतले सक्रिय भुमिका खेलेका थिए । रक्तदान कार्यक्रमले विद्यार्थीहरुलाई थप उर्जा प्रदान गरेको छ । क्याम्पसको ईकाई सभापति प्रविन लाखे र दीप गिरीको अनुगमनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बढ्दो रगत अभाव लाई मध्यनजर गर्दै नेबिसंघ भक्तपुर बहुमुखी क्याम्पस द्वारा आयोजित रक्तदान कार्यक्रम उत्साहाजनक उपस्थितिका साथ सम्मपन्न भएको कुरा भक्तपुर क्याम्पसका युवा नेता तथा नेबिसंघ भक्तपुर क्याम्पस बीएससी सीएसआइटी संयोजक सजग पोखरेलले जानकारी दिए । बढ्दो रगत अभाव कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर रक्तदान कार्यक्रम को आयोजना भएको हो । कार्यक्रममा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्