कोटेश्वरमा गाडीले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

काठमाडौँ – कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो।

मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हायसले पैदलयात्रुलाई बचाउन खोजे पनि ठक्कर दिन पुगेको घटनास्थलमा पुगेका एक प्रहरीले बताए। प्रहरीका अनुसार हायसमा यात्रुहरू भने थिएनन्। हायस गाडीले पैदलयात्री सेनलाई ठक्कर दिएपछि फेरि प्रदेश नम्बर ३–०१–००ख ०२९५ नम्बरको ट्रकलाई ठक्कर दिएको छ। कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको हायसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा हायसका सहचालक घाइते छन्। चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्