दार्चुलाको लटिनाथ मावि चौपाताको आयव्यय विवरण असार २२ गते सार्वजनिक गरिने

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकास्थित श्री लटिनाथ माध्यमिक विद्यालय चन्दनपुर चौपातको आयव्यय विवरण सार्वजनिक गरिने भएको छ ।
विद्यालयका प्रचार्य केशवराज विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८को विद्यालयको आयव्यवय विवरण असार २२ गते सार्वजनिक गरिने भएको हो ।
प्राचार्य विष्टले २२ गतेका दिन नै जापानी राजदुतावासबाट निर्मित व्यावसायिक तालिम हलको समेत हस्तान्तरण कार्यक्रम भएकाले सम्पूर्ण अभिभावहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
उक्त कार्यक्रमबाट विद्यालयललाई अझ सुधार गर्न अभिभावक र विद्यार्थीहरुलाई सुझाव दिन समेत विष्टले आग्रह गरेका छन् ।
यो विद्यालय दार्चुला जिल्लाकै उत्कृष्ट विद्यालयको सूचीमा पर्दछ । विद्यालयले विभिन्न समयमा विभिन्न राष्ट्रिय पुरस्कार समेत पाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्