पदभार ग्रहण लगत्तै पर्यटनमन्त्री श्रेष्ठका २ निर्णय

काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन्।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै सांसद श्रेष्ठले दुइटा निर्णय गरेका छन्।

उनले कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्रमा परेको असरबारे विभिन्न अध्ययन प्रतिवेदन बनेको र त्यसलाई कार्ययोजनाको रूपमै अगाडि बढाउन समिति गठन गरेका छन्। कार्ययोजना बनाएर सात दिनभित्र पेस गर्ने भनिएको छ। यस समितिमा निजी क्षेत्रका विज्ञहरू पनि समावेश गरिएको छ।

यस्तै, काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण सम्बन्धमा अध्ययन गर्ने अर्को निर्णय गरेका छन्। र यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भू सम्मको पदमार्गको निर्माणको काम अगाडि बढाउने निर्णय गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्