देशभर मनसुन सक्रिय, सुदूरपश्चिम सहित यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं – मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविदले जनाएका छन् ।

मौसमविद्का अनुसार आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्ने चान्स छैन । भोलि रातिदेखि पर्सिसम्म आजको भन्दा पनि धेरै पानी पर्ने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद्हहरुले बताएका छन् ।

आज अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा भने कम पानी पर्ने अनुमान गरिएको छ । पर्सि पनि अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम पानी पर्ने सम्भावना रहेको छ । मनसुन सक्रिय भएकाले कर्णाली र सुदूरपश्चिममा पनि मध्यम वर्षा भने हुने मौसमविदको भनाइ छ ।

वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

गत जेठ १२ गते प्रदेश १ मा प्रवेश गरेको यस वर्षको मनसुन असार १२ गतेमात्र सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा जेठ २६ गते तथा लुम्बिनी र कर्णाली प्रदेशमा असार १० गते मनसुनी प्रणाली प्रवेश गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्