दैनिक १० हजार थान मास्क उत्पादन हुने गरी तयारी

कोभिड–१९ संक्रमणको त्रास बढेसँगै बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले उत्पादन सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मास्क उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन भइसकेको छ । दुई दिनपछि नै दैनिक १० देखि २० हजार थान मास्क उत्पादन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्