चीन उद्गम भएर फैलिएको कोरोनाबाट इटली ग्रसित, सार्वजनिक जमघट गर्न रोक

इटलीले देशभर सार्वजनिक जमघट गर्न रोक लगाएको छ । साथै नागरिकहरूको यात्रामा समेत प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरससँग जुध्न यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको इटलीले सोमबार थप उपायहरू अवलम्बन गरेको हो ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले सोमबार टेलिभिजन सम्बोधन गर्दै नागरिकहरूलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएका छन् । अत्यावश्यक काम परेमा भने अनुमति लिएर जान सकिने उल्लेख गरिएको छ ।

अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो । रोगसँग जुध्नका लागि आफ्ना प्रचलनहरू परिवर्तन गर्न पनि आग्रह गरेका छन् । चीन उद्गम भएर फैलिएको कोरोनाबाट इटली ग्रसित बनेको छ । आइतबारसम्म यहाँ ३६६ मानिसको ज्यान गएकोमा सोमाबार बढेर ४६३ पुगेको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्