यूएईमा दुई जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखियाे

– संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

१४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको स्वास्थ्य विभागले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

 

साभार : उज्यालाे अनलाईन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्