कञ्चनपुर र कैलालीमा भएका जघन्य अपराधका घटनामा प्रहरी किन असफल ?

डेढ वर्षदेखि निर्मला हत्याकाण्ड मात्र प्रहरी संगठनका लागि टाउको दुखाईको घटना बनिरहेको छैन यस्ता उदाहरणहरु धेरै छन । सुदूरपश्चिम प्रदेश त्यसमा पनि कञ्चनपुर र कैलालीमा हुने ठुल्ठुला अपराधका घटनामा प्रहरी चुकेको देखिन्छ ।

गत वर्षको साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । १३ बर्षिया बालिकाको हत्या र बलात्कार भएको १८ महिना बितिसक्दा पनि प्रहरीले अपराधि समात्न सकेको छैन ।

फागुन १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा भएको बिभत्स हत्याको अनुसन्धान भइरहेको भएतापनि अझै सम्म पनि हत्यारा पत्तालाग्न सकेको छैन ।

कञ्चनपुरमा मात्रै होइन, कैलालीमा पनि वर्षाै पहिलेका घटनाहरू अझै रहस्यमा छन् । दोषी पक्राउ परेका छैनन् । २०७४ जेठ ७ गते राति धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ बर्षीया श्रीमती कुन्तादेवी जोशीको रहस्यमय हत्या भयो । घटनाकोे दुई वर्ष पुग्दा पनि रहस्य सुल्झिएको छैन । पक्राउ परेका ७ जनामध्ये ५ जना छुटे भने दुई जना ससुरा–बुहारी पुर्पक्षका लागि थुनामा छन् ।

धनगढीमै आठ वर्षअघि २०६९ साल मङ्सिर २५ गते हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि अझैसम्म न्याय पाउन सकेका छैनन् ।

केही वर्षअघि अत्तरियास्थित खानेपानी ट्याङ्कीनजिक बझाङबाट आएका शिक्षक धर्म जोशीको हत्या, अत्तरिया गोदावरी पुलनजिक अज्ञात महिलाको बलात्कारपछि भएको बिभत्स हत्या लगायतका घटनामा पनि प्रहरीले अपराधीलाई कानुनको दायरामा ल्याउन सकेको छैन ।

गत वर्ष फागुन २८ गते राति घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भयो । चौधरीको शरिरमा अझै गोली छ, तर आक्रमणकारीबारे प्रहरी बेखबर जस्तै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्