जन्ति बोकेको जीप दुर्घटना

सल्यान – सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्