धनगढीमा डा. विष्ट लगायतको टिमले मेरुदण्डको शल्यक्रिया थालेपछि सुदूरपश्चिमबासीलाई राहत

काठमाडौँ – धनगढीको निसर्ग अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर ओमकार बिष्ट लगायतको टिमले सुदूरपश्चिममै मेरुदण्डको सफल सल्यक्रिया गरेका छन् । निर्सगमा मरेदण्डको शल्यक्रिया न्युरोसर्जन डा. सुरेश सापकोटा, अर्थोपेडिक सर्जनद्धय डा. श्रीराम खाती र डा. ओमकार बिष्ट, एनेस्थेसियोलोजिष्टद्धय ड.ा हेमन्त ओझा र डाक्टर सुनिल भटृको टीमले सेवा प्रदान गरिरहेको छ । उनीहरुको टिमले मेरुदण्डको सफल शल्यक्रिया गरेपछि सुदूरपश्चिम प्रदेशका जनतालाई सहज भएको छ । पहिले यो सेवा नुहदाँ नेपालगंज, काठमाण्डौँ लगायतका अन्य शहरमा जानुपर्ने बाध्यता थियो भने डा. विष्ट लगायतको टिमले सेवा दिन सुरु गरेपछि यो बाध्यताको अन्त्य भएको छ ।

गर्धनदेखि कम्मर सम्मको हड्डी भाँचिएका बिरामीहरूको सफल शल्यक्रिया आफ्नो टिमले दिईरहेको डाक्टर बिष्टले बताए । मेरुदण्ड मानव शरीको महत्वपूर्ण अंग भएकाले पनि यसको विशेष ख्याल राख्नुपर्ने उनको भनाई छ । ‘केहीबर्ष पहिला सम्म मेरूदण्डको हड्डीभाँचिएका बिरामीहरू नेपालगन्ज, काठमाडौं या भारततिर जानुपर्ने बाध्यता थियो’ डाक्टर बिष्टले भने । ‘पछिल्लो एक वर्षदेखि नियमित रूपमा गरेर सेवा दिन पाउँदा हामी एकदमै खुशी छौं।’

मेरुदण्डको हड्डी भाँचिएका बिरामीलाई टाढासम्म पुर्याउँदा झन जटिलता बढेर निको हुनसक्ने बिरामीहरूमा समेत प्यारालाइसिस् हुने सम्भावना बढी भएको उनको भनाई छ।

बिरामीले एकपल्ट शल्यक्रिया भैसकेपछि समय समयमा चेकजाँच गराउने पर्ने हुन्छ त्यस्तो बेला टाढा जानुपर्दा झन जटिल हुने सम्भावनाहुन्थ्यो अब सुदूरपश्चिममै त्यसको उपचार हुदाँ यस क्षेत्रका नागरिकलाई सहजता मिलेको अर्का अर्थोपेडिक सर्जन डाक्टर श्रीराम खातीले बताए । निर्सग अस्पतालमा एक बर्षको अवधिमा ५० बढी मेरुदण्डको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

प्रदेशमै पहिलो पटक एकवर्ष पहिले निसर्गमा मेरुदण्डको सफल शल्यक्रिया भएको थियो। अहिले त्यो सेवा सेती प्रादेशिक अस्पतालसहित धनगढीका अन्य केही अस्पतालमा समेत शल्यक्रिया हुन थालेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्