प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेट, यी विषयमा भयो छलफल

काठामाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न सुझाव दिए । प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्