दार्चुलाका जनप्रतिनिधि र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता

दार्चुला – दार्चुलाका जनप्रतिनिधिहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । आइतबार मन्त्री निवासमा भेटका क्रममा अर्थमन्त्री शर्मासँग दार्चुलाको समस्या प्रस्तुत गरेका थिए । दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिँह धामी, अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, व्याँस गाउँपालिका उपाध्यक्ष बिनोदसिँह कुवर लगायत नेकपा माओवादी केन्द्र मार्मा गाउँपालिका अध्यक्ष नर बहादुर विष्ट लगायतको टोलीले भेटवार्ता गर्नुभएको हो । भेटवार्ताका क्रममा जनप्रतिनिधिहरुले सडक, खानेपानी, विद्युतीकरण, विद्यालय भवन, खेल मैदानलाई प्राथमिकतामा राखि बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।

यसैगरी लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले धनथला–लाली सडक दुईतर्फी खुलेतापनि चमेलिया (चौलानी) नदीमा पुलको अभावले सम्पर्क विच्देछ भएकाले सो पुल निर्माणका लागि पहल गरिदिन समेत पहल गर्नुभयो । यसैगरी सडक पूर्वाधार, विद्यालय भवन लगायतका योजना लाई प्राथमिकतामा राखि बजेट व्यवस्थापन गरिदिन माग गर्नुभयो । यसैगरी लेकम गाउँपालिकाभरी अझैपनि विद्युत नपुगेकाले विद्युतीकरणका लागि समेत बजेट व्यवस्थापन गरिदिन मन्त्रीसँग आग्रह गर्नुभयो ।

भेटघाटका क्रममा मन्त्री शर्माले ठुला योजनाहरुमा संघीय सरकारको ध्यान गएको र सोहि बमोजिम सबै ठाउँमा बजेट व्यवस्थापन भइसकेकोले स्थानीय तहहरुले कृषि, लघु उद्यम, युवा लक्षित कार्यक्रम, गरिबी निवारण लगायतका महत्वपूर्ण कार्यमा जोड दिनुपर्ने सुझाव दिनुभयो । स्थानीय तह केन्द्रित बजेट व्यवस्थापन भएकोले स्थानीय तहहरु यी कार्यक्रमहरुलाई प्राथमिकतामा राखि अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्