एनएमबि बैंक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषकोबीच त्रिपक्षीय सम्झौता

काठमाडौं – एनएमबि बैंक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषकोबीच त्रिपक्षिय सम्झौता भएको छ ।

तीन संस्थाबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न सम्झौता भएको हो । दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने छ ।

एनएमबिले दिगो बैंकिङ्ग मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिईरहेको छ ।

बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरुको आधारमा आफ्नो हरित लगानी कार्यविधी र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणाली को विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर तयार पारेको छ ।

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा समेत कार्य गर्दै आईरहेको छ । बैंकले देशैभरी रहेका २०१ शाखाहरु, १३८ एटिएमहरु, ११ एक्सटेन्सन काउन्टरहरु मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गदै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्