खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

सांकेतिक तस्विर

कैलाली – कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्