बाजुराको गौमुल गाउपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा
बाजुरा जिल्लाको सदरमुकामबाट उत्तरी भेगतिर पर्ने गौमुल गाउपालिकाले आईतबारका दिन सर्बजनिक बिदा नदिने कुरा एक सार्बजनिक सुचना मार्फत जनाएको छ । आफ्नो मातहतमा रहेका सम्पुर्ण सरकारी कार्यालयको कामकाजहरु संचालन गरिराख्ने निणर्य ससमेत गरेको जनाईएको छ । नेपाल ससरकारले यहि जेठ १ गतेबाट लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार ससार्वजनिक विदा दिने निणर्य गरेको भएतापनि गौमुल गाउपालिकाले भने उक्त निर्णयलाई नमान्ने बताइएको छ आईबार बिदाको दिनलाई समेत बिदा नदिएर पुरानै नियममानुसार कार्यालयमा कार्यहरु गर्ने भन्ने निणर्य गरेर सार्बजनिक गरेको हो ।

बैशाख ३० गते ससम्पन्न भएको स्थानीय तहको निर्वािचतभएर आएलगत्तै नवनिर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहणगरे संगै आज मिति २०७९।२।१९ बसेको पहिलो गाउँकार्यपालिकाको बैठकले सरकारले तोकेको आईतबारको दिनको सार्वजनिक विदा दिएमा आफ्नो गाउँपालिकाको काममा प्रत्यक्षरुपमा असरपर्ने भएकोले र आफ्ना गाउँपालिकाबासीहरु लाई हप्ताको २ दिन सार्वजनिक विदा दिएमा टाढाबाट आउने जनतालाई समस्यामा नपार्ने हिसाबले सो बिदाको दिन पनि जनताको कामकाज गरेर जनतालाई नै सेवामा खटिने र ससार्बजनिक बिदा नदिने निणर्य समेत गरेको गाउँपालिका गौमुल गाउपलिकाका वडाअध्यक्ष देबेन्द्र बहादुर रोकायाले बताएका छन् ।

सार्वजनिक विदा गर्ने सरकारको निणर्यले विद्यालयको पठनपाठन र स्वास्थ्य संस्थामा उपचार गर्न आउने विरामीहरु बढी मारमा पर्ने हुनाले ति टाढा टाढाबाट आएका सेवाग्राहीहरलाई समेत ससमस्या नहोस् समस्यमा पारोस् भनेर आईतबार पनि आफुले कार्यालयको कामकाज गर्ने भनिएको छ यो निति यहि जेठ २० गतेबाट लागू हुन्छ ।

आइतबारदेखि शुक्रबारसम्म साबिककै समयमा सम्पुर्ण आफ्ना मातहतका कार्यालय तथा विद्यालय, स्वास्थ्य संस्थाहरु संञ्चालन गर्ने निणर्य गरेको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बतायका छन् । यसअघि बाजुरा जिल्लाका जगनाथ गाउपालिका र बडिमालिका नगरपालिकाले ससमेत सो निर्णय गरीसकेकाछन् अब आईबारको दिन बिदानदिने स्थानिय तह को संख्या ३ वटा पुगेका छन् । हाल बाजुरा जिल्लामा रहेका स्थानिय तहहरुले आफ्नो पालिकामा कसरी राम्रो कार्य गरेर जनतालाई सेवा दिन सकिन्छ भनी राम्रो कुराको समेत होडबाजी चल्ने संकेत देखीएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्