अभिनेता पल शाहलाई थुनामा राख्ने अदालतको आदेश सदर

काठमाडाैँ – अभिनेता पल शाहलाई थुनामा राख्ने अदालतको आदेश सदर भएको छ । उच्च अदालत, पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको हो ।

तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए ।
उहाँलाई नाबालिक गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । अभिनेता शाहलाई अब थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाइने भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्