रसुवामा दुइ दिने निःशुल्क मोतिबिन्दु श​ल्यक्रिया शिविर सम्पन्न, ५८ जना विरामीको श​ल्यक्रिया गरियो

र​सुवा, जेठ १९ गते । रसुवामा आयोजित दुइदिने निःशुल्क मोतिबिन्दु श​ल्यक्रिया शिविर सम्पन्न भ​एको छ​ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको आयोजनामा श्री कालिका हिमालय क्याम्पस​ कालिकास्थान, रसुवामा मोतिबिन्दु भएका बिरामीहरूको निःशुल्क श​ल्यक्रिया शिविर संचालन गरिएको थियो । जेठ १८ र १९ गते गरी दुइ दिन चलेको उक्त शिविरमा १८ गते बुधबार​ अर्थात शिविरको पहिलो दिनमा ३३ जना विरामीले र दोस्रो दिन अर्थात १९ गते विहीबार​ २५ जनाले निःशुल्क श​ल्यक्रिया गराएका छन् ।

यसअघि जिल्लाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट शिविर संचालन गरिएका थिए । जेठ ०८ गतेदेखि १७ गतेसम्म गत्लाङ, गोल्जुङ, चिलिमे, डाँडागाउँ, कर्मिडाँडा, सर्स्यु, पारचाङ, ठुलोगाउँ र राम्चे गरी ९ स्थानमा शिविर संचालन गरिएका जिल्ला सामुदायिक आँखा केन्द्र रसुवाका प्रमुख​ उर्मिला तामाङले जानकारी दिनुभयो । साथै एकजना मासु पलाएको विरामीले समेत उपचार गराएका छन् ।

तस्बिरहरु:

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्