हेलिकप्टरमा दुई जना पाइलट असम्भव

FILE PHOTO

काठमाडाैं- नेपाल वायु सेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने निर्णयको कार्यान्वयन सम्भव नरहेको बताएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको जनाउँदै सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको छ । हेलिकप्टरमा दुई जना पाइलट राख्नेबारे प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकप्टरमा दुई जना पाइलट राख्दा तलबमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धराशायी हुने सञ्चालकहरूको भनाइ छ । नौ सिटभन्दा माथिका हेलिकप्टरमा दुई जना पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकप्टरमा दुई जना पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उहाँहरूको धारणा छ  । हाल नेपालमा ११ वटा हेलिकप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ वटा र दुई वटा इन्जिन भएका पाँच वटा हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । १० जना विदेशी र २६ जना नेपाली पाइलटले एक इन्जिन भएका हेलिकप्टर उडाउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्