पहाडी जिल्लामा हिमपात, सुदूरपश्चिमको खप्तडमा दुई फिट हिमपात

बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी सदरमुकाम सिलगढीका डाँडाकाँडामा बाक्लो हिमपात भएको छ ।
डोटीसहित अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी र डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

यो सहित यहाँका पहाडी जिल्लामा सातौँ पटक हिमपात भएको हो । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै कम्तीमापनि दुई फिट हिमपात भएको छ ।

हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने अहिले सातौँ पटक हिउँपरेपछि हिउँले गहुँ लगायतका अन्य तरकारी खेती कुहिने तथा बिग्रिने भन्दै चिन्तित बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्