सर्जिकल सामग्री कालोबजारी गर्ने एकजना पक्राउ

नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानिटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

भारत घर भएका गुप्ताले काठमाण्डौ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ । जनसेवा प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको सूचनाका आधारमा गुप्तालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका गुप्तासँग प्रहरीले बजार मूल्य दुई लाख ५६ हजार ५२० रुपैयाँ पर्ने ८१४ थान ह्याण्ड स्यानिटाइजर बरामद गरेको छ । पक्राउ परेका उनलाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्