मकवानपुरको भिमफेदी गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गयाे

मकवानपुरको भिमफेदी गाउँपालिका(९ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

शनिबार बिहान वर्षासँगै परेको चट्याङ लागेर च्याउखोला बस्ने २३ वर्षीय विजय स्याङ्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुशीलसिंह राठोरले जानकारी दिनुभयो ।

चट्याङ लागेर घाइते भएका स्याङ्तानको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो । चट्याङबाट घाइते हुनेमा उहाँकी श्रीमती २२ वर्षीया सविता स्याङ्तानकोे हेटौँडा अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्