इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड सञ्चारविज्ञ पन्तलाई, पन्त अवार्ड पाउने पहिलो नेपाली

सञ्चार क्षेत्रका विज्ञ तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड पाएका छन् । भारतको बेंग्लोरमा आयोजित १४ औं ग्लोबल कम्युनिकेसन कनक्लेभमा पब्लिक रिलेसन काउन्सिल अफ इन्डियाले शुक्रबार पन्तलाई उक्त अवार्ड प्रदान गरेको हो । विश्वभरीबाट भेला भएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडिया विज्ञहरुको उपस्थितीमा प्रदान गरिएको उक्त अवार्ड अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड रुपमा मानिन्छ ।

पन्तले सञ्चार, मिडिया विकास तथा अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा पुर्याएको योगदानका लागि काउन्सिलले उक्त अवार्ड दिएको हो ।

को हुन लक्ष्मण पन्त ?

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला दशरथचन्द नगरपालिकाको नागार्जुनमा जन्मेका पन्त विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता, मिडिया विकास र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा काम गरिरहेका छन् । करिब एक दर्जन पुस्तकका लेखक, नेपाल, भारत, चीन, मलेशिया, श्रीलंका, बंगलादेश र फिनल्याण्डका विश्व विद्यालयहरुमा पत्रकारिता शिक्षण र सोधमा संलग्न पन्तका अन्तराष्ट्रिय जर्नलहरुमा मिडियासम्बँधी शोधमूलक लेखहरु समेत प्रकाशित भएका छन् ।
पन्त विश्व प्रसिद्ध एकेडेमिक प्रकाशन गृह आइजीआई ग्लोबलको मिडिया सिरिज पुस्तकहरुको सल्लाहकार सम्पादक समेत हुन् । मानवअधिकार क्षेत्र तथा संयुक्त राष्ट्र संघका विभिन्न निकायमा एक दशक सञ्चार विज्ञ तथा सल्लाहकारका रुपमा सेवा प्रदान गरिसकेका पन्त हाल मिडिया एक्सन नेपालका अध्यक्ष एवं टिभी टुडे टेलिभिजनमा वरिष्ठ सम्वाददाता तथा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छन । ११ वर्ष अघिदेखि विश्वव्यापी रुपमा प्रदान गरिंदै आएको उक्त अवार्ड पाउने पन्त पहिलो नेपाली हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्