भारतले चीनी निर्यातमा लगायाे प्रतिबन्ध, नेपालमा चिनीको मूल्य अझै बढ्ने

काठमाडौँ – भारतले आगामी जुन १ तारिखदेखि चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको मूल्य अझै बढ्ने भएको छ ।

भारतले खाद्य सुरक्षालाई ध्यानमा राखेर केही समय अगाडि गहुँमा पनि प्रतिबन्ध लगाएको थियो भने आगामी जेठ १८ गतेदेखि चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नेपाल चिनीको सवालमा पुरै भारतमा निर्भर रहेको छ ।

भारतले आफ्नो घरायसी उपभोक्ताको हित संरक्षणको लागि भनेर प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपालको उपभोक्तामा पर्ने अर्थविद्हरुको भनाई छ । बैधानिक रुपमा भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर भनेको नेपालमा चिनीको मूल्य महंगिन्छ । चिनीको मूल्य बढेसँगै यसको प्रयोगबाट बनाइने विभिन्न मिठाई र अन्य औषधिहरु समेत मंहगिने छ । नेपाल भारत बीच खुला सिमानाका कारण चिनीको कालो बजारीसमेत प्रश्रय पाउने उनले बताए ।

भारतको चिनीको सबैभन्दा ठूलो उत्पादक हो भने संसारको दोस्रो ठूलो निर्यात गर्ने राष्ट्र हो । विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने देशमा ब्राजिल पर्दछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्