दार्चुलामा छात्रामाथि बलात्कार गर्ने शिक्षक पक्राउ, बलात्करपछि भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको पुष्टि

सांकेतिक तस्विर

दार्चुला – दार्चुलामा एक शिक्षक पक्राउ परेका छन् । नावालिक छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।

नौगाड गाउँपालिका–६ धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ । शिक्षक धामीलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ ।

पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन् । आरोपित शिक्षक धामीले किशोरीलाई गत सालको फागुन महिनामा पहिलोपटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । पिडित किशोरीका आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडिओ पनि बनाएको र त्यहीँ भिडिओ देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेका थिए ।

यही जेठ ६ गते आरोपित धामीले उक्त भिडिओ आफ्नो एकजना साथीको पर्सनल म्यासेजमा पठाएका थिए । त्यसपछि त्यो उनका साथीले त्यो भिडिओ अरु व्यक्तिहरुलाई सेयर गरेका थिए । यसरी सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एकजनाले फेसबुकमा सार्वजनिक गरेका थिए । त्यसपछि यो घटना बाहिरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्