आजको मौसम : शनिबार दिनभरी पानी पर्ने आइतबार देखि मौसममा सुधार हुने

काठमाडौँ – संघीय राजधानी काठमाडौंसँगै देशका अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षापछि जनजीवन प्रभावित बनेको छ ।

शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम वायुको प्रभावले देशका अधिकांश भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार देशको पश्चिम भेगबाट न्यून चापीय प्रणाली प्रवेश गरेकाले शनिबार दिनभरजसो नै हल्कादेखि मध्यम वर्षा हुनेछ ।

हिमाली भेगमा भने हिमपात हुनसक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

‘पश्चिमबाट प्रवेश गरेको न्यून चापीय प्रणाली आज रातिदेखि पूर्व हुँदै बाहिरिने छ । त्यसपछि पानी पर्दैन । भोलिदेखि त घाम नै लाग्छ,’ महाशाखाले भनेको छ ।

प्रि–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट केही दिन मौसम घमाइलो हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्