ज्ञानेन्द्र शाहीको नेतृत्वमा घोषणा गरिएको अभियानको नाम परिवर्तन गर्न माग

ज्ञानेन्द्र शाहीको नेतृत्वमा केहि दिन अगाडी घोषणा गरिएको अभियानको नाम परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।
विहिवार हाम्रो नेपाल हामी नेपाली अभियान, जापानले एक विज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाहीको नेतृत्वमा भोषणा गरिएको हाम्रो नेपाल हामी नेपाली अभियानको नाम परिवर्तन गर्न अनुरोध गरेको छ । विगत ४ बर्षदेखि सञ्चालनमा रहेको हाम्रो नेपाल हामी नेपाली अभियान, जापनसँग ज्ञानेन्द्र शाहीको अभियानको नाम मिल्न गएकोले उक्त नाम परिवर्तन गर्न अनुरोध गरिएको छ । साथै अध्ययन नै नगरी उक्त नाम राखेको भन्दै आपत्ती समेत जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्